Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • काठमाडाैं प्रवेश गर्न खोज्ने १९ हजार नाकाबाट फिर्ता, जाेर-बिजाेरकाे लागू गर्न १३ अनुगमन टाेली

    काठमाडाैं प्रवेश गर्न खोज्ने १९ हजार नाकाबाट फिर्ता, जाेर-बिजाेरकाे लागू गर्न १३ अनुगमन टाेली

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । सरकारले अनुमति बिना काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढीलाई विभिन्न नाकाबाट फर्काएको छ । लकडाउन भएदेखि बिहीबारसम्म ७ हजार ६३५ गाडी र १९ हजार ४८३ जनालाई नाकाबाट फर्काइएको गृह मन्त्रालयले जनाएको छ।

    गृहमन्त्रालयका अनुसार अहिलेसम्म मास्क नलगाई हिँड्ने ४ लाख १९ हजार ५ सय ३८ जनालाई नियन्त्रणमा लिइएको छ। जसमध्ये ३ लाख ५४ हजार ८ सय २४ जनालाई सम्झाइएको छ भने ३९ हजार ५ सय ७ जनालाई मास्क दिएर पठाइएको छ।



    प्रहरीले मास्क नलगाउने २५ हजार २ सय ७ जनालाई जरिवाना गरेको छ। सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि साँझ ७ देखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाएको छ।



    यस्तै उपत्यकामा सवारीसाधनमा जोरबिजोर प्रणालीकाे नियम लागू गराउन १३ वटा टोली परिचालन गरेकाे छ। सरकारले काठमाडाैं उपत्यका र काेराेनाका सक्रिय संक्रमित २ सय नाघेका जिल्लामा सवारीसाधनमा जाेरबिजाेर प्रणाली लागू गरे पनि कार्यान्वयन नभएकाे भन्दै गुनासाे आइरहेका बेला सरकार कडाइ गर्ने मनस्थितिमा पुगेकाे हाे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार