Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • आलोपालोमा काम गर्न शिक्षा मन्त्रालयको निर्देशन

    आलोपालोमा काम गर्न शिक्षा मन्त्रालयको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 3K
    SHARES

    काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफू मातहतका निकायमा पचास प्रतिशत कर्मचारीबाट काम चलाउन निर्देशन दिएको छ ।

    मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर कोभिड १९ को दुई सय भन्दा बढी सक्रिय संक्रमण रहेको जिल्ला र काठमाडौं उपत्यकाका सरकारी, गैर सरकारी संस्था, नीजि कार्यालय तथा बैंकमा समेत पचास प्रतिशत कर्मचारीबाट आलोपालो गरेर कार्य सम्पादन गर्ने मन्त्रिपरिषद्काे निर्णय अनुसार काम गर्न निर्देशन दिएकाे हाे ।



    सोही निर्णय अनुसार मन्त्रालयले अनलाइनबाट कार्य सम्पादन गर्न मिल्ने निकायमा घरबाटै काम गर्ने तथा यस्तो अवस्था नरहेको कार्यालयमा आलोपालो गरेर काम चलाउन मन्त्रालयले निर्देशन दिएको हो ।



    यो निर्देशन अनुसार मन्त्रालय मातहतका १७ वटा निकायले आलोपालो गरेर कार्यालय सञ्चालन गर्नुपर्ने भएको छ । नेपाल सरकारबाट जारी गरेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार