Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काेराेना कहर: काठमाडौं आवतजावत पूर्ण रूपमा रोक

    काेराेना कहर: काठमाडौं आवतजावत पूर्ण रूपमा रोक

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । काठमाडौं आवतजावत पूर्ण रूपमा रोक लागइएकाे छ। काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित वृद्धि हुन थालेपछि काठमाडौं आवतजावत गर्ने दिइने पास पूर्ण रूपमा बन्द गरी आवतजावत पूर्ण रूपमा रोक लागइएकाे हाे।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको निर्देशनमा उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास पूर्ण रूपमा बन्द गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका बाहिर जाने सवारी साधनको लागि जारी गरिँदै आएको सवारी पास पूर्ण रूपमा बन्द गरिएको जानकारी दिए। उनले उपत्यका बाहिरका जिल्लाहरुबाट उपत्यका भित्रिनको लागि दिँदै आएको सवारी पास स्वीकृतिसमेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको बताए।



    सबै जिल्लाबाट सवारी पास वितरण बन्द
    गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बुधबार परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको थियो।



    यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो। पछिल्लो समयमा मुलुकभर कोभिड –१९ को संक्रमण बढ्दो छ। काठमाडौँ उपत्यकामा समेत दैनिक १०० जनाभन्दा बढी सङ्क्रमण देखिएपछि प्रवेशमा नाकामा कडाइ गरिएको छ।

    अन्तरजिल्ला सवारी पास रद्द भएपनि बिरामी ल्याउन लैजानका लागि एम्बुलेन्स भने आउन जान पाउने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार