Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भारतीय पूर्वराष्ट्रपति मुखर्जी कोमामा

    भारतीय पूर्वराष्ट्रपति मुखर्जी कोमामा

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 5.1K
    SHARES

    काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ । कोरोनाबाट संक्रमित भएपछि स्वास्थ्य अवस्था नाजुक हुनासाथ मुखर्जीलाई कोमामा राखिएको हाे ।

    भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखिएको हो । यद्यपि उनको अवस्था स्थिर रहेको अस्पताललले बताएको छ ।



    गत सोमबार ८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको बताएका थिए । गत सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनको ब्रेन सर्जरी पनि गरिएको थियो । उनका परिवारले उनको मृत्युबारे फैलिरहेको गलत समाचारको विश्वास नगर्न पनि आग्रह गरेका छन् । स्रोत : हिन्दूस्तान टाइम्स



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार