Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • भारतमा एकै दिन ६७ हजार संक्रमित थपिए

    भारतमा एकै दिन ६७ हजार संक्रमित थपिए

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 2.7K
    SHARES

    एजेन्सी । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या भारतमा एकै दिन झण्डै ६७ हजार थप भएको छ ।

    भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६६ हजार ९९९ जना नयाँ सङ्क्रमित भेटिएका हुन् ।



    केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा कम्तीमा ९४२ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या ४७ हजार ३३ पुगेको छ ।



    त्यसैगरी भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या २३ लाख ९६ हजार ६३८ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये छ लाख ५३ हजार ६२२ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १६ लाख ९५ हजार ९८२ जना सङ्क्रमणमुक्त भएका छन् ।

    अधिकारीहरुका अनुसार सबैभन्दा धेरै महाराष्ट्रमा एक लाख ४७ हजार ८२० जना र दोस्रो धेरै आन्ध्र प्रदेशमा ९० हजार ४२५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

    यसैबीच कोरोना भाइरसका कारण विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या दुई करोडभन्दा बढी पुगेको छ । पछिल्लो विवरण अनुसार विश्वभरी दुई करोड एक लाख ६२ हजार ४७४ जना सङ्क्रमित भएका हुन् ।

    कुल सङ्क्रमितमध्ये दुई लाख १४ हजार ९८५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका जनाइएको छ । त्यसैगरी चार हजार ८३५ जनाको सोही अवधिमा मृत्यु भएको छ ।

    योसँगै विश्वभरी कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या सात लाख ३७ हजार ४१७ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

    डब्लुएचओले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार