Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • एकाएक किन बालुवाटार पुगे प्रचण्ड ?

    एकाएक किन बालुवाटार पुगे प्रचण्ड ?

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । लगभग फुटको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । लामो समयको संवादहीनतापछि ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

    नौ दिनपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको हाे । दुई अध्यक्षबीचको वार्ता बिहीबार बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।



    भेटमा पार्टीको समस्या समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ ।



    यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।

    पछिल्लो समय वामदेव गौतम र रामबहादुर थापा ओलीपक्षतिर देखिएसँगै नेकपा सचिवालयको समीकरण बदलिएको नेकपाका नेताहरूकाे बुझाइ रहेकाे छ ।

    पछिल्लाे समय प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहको माग छ भने दुवै पद नछाड्ने ओलीको अडान छ । स्थगित स्थायी कमिटी सुचारु गर्ने विषयमा पनि अध्यक्षद्वयबीच मतभेद छ । स्थायी कमिटीको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा मागेपछि नेकपामा विवाद बढेको हाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार