Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ज्यान उद्योगका फरार प्रतिवादी पक्राउ

    ज्यान उद्योगका फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौँ चन्द्रागिरि नगरपालिका–६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि –८ मातातीर्थ चोकबाट बुधबार पक्राउ गरेको हो ।

    अभियुक्त उदास र टेकु बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–३ का २८ वर्षीय अमृतकुमार वैद्यले २०७६ चैत २ गते राति चन्द्रागिरि ( १५ विष्णुदेवी घर भएका बा २ ज ५३१६ नम्बरको ट्याक्सीका चालक विष्णुबहादुर श्रेष्ठलाई ढुङ्गा तथा इँटा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।



    घटनामा संलग्न वैद्यलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो भने उदास उक्त घटनापश्चात फरार थिए । उदासलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको वृत्तले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार