Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • बढ्यो सुनको मुल्य

    बढ्यो सुनको मुल्य

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 3.4K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । सुनको भाउ बिहीबार बढेको छ । बुधबार ठूलो अन्तरले घटेको सुनको भाउ बिहीबार पुनः बढेको हाे । सुन चाँदी व्यवसायी महासंघले प्रतितोला दुई हजार चार सय रुपैयाँले सुनको भाउ बढेको जनाएको छ ।

    आजकालागि महासंघले सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार तीन सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ १२ सय ९५ रुपैयाँ पुगेको छ ।



    सातको सुरुआत देखिनै निरन्तर घट्दो क्रममा रहेको सुनको भाउ बुधबार एकैदिन हालसम्मकै उच्च ६ हजार दुई सय रुपैयाँले घटेको थियो । रुसले कोभिड १९ बिरुद्धको खोप बनाएको घोषणा पछि लगानीकर्तामा मनोबाल बढेको र सुनमा गरिने लगानी घट्दा मूल्य ओरोलो लागेको विश्लेषण अन्तराष्ट्रिय बजारमा गरिएको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार