Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • विश्वकप छनोट खेल फेरि स्थगित

    विश्वकप छनोट खेल फेरि स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुन लागेको फिफा विश्वकप छनोटका बाँकी खेलहरू फेरि स्थगित भएको छ। कोरोना भाइरसको बढ्दो महामारीका कारण विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वकप र एसियन कपको समेत छनोट खेल सन् २०२१ सम्मका लागि स्थगित गरेको जनाएको छ।

    यसअघि दोस्रोपटक सरेको छनोटका बाँकी खेल अक्टोबर र नोभेम्बरमा हुने तय भएको थियो। नेपालले अक्टोबर र नोभेम्बरमा हुने खेलका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भदौ १ देखि सुरु गर्न लागेको थियो। प्रशिक्षण सञ्चालनका लागि एन्फाले खेलाडीको पीसीआर परीक्षणसमेत गरिसकेको छ।



    अधिकांश देशले कोरोनाको बढ्दो संक्रमणका कारण छनोट खेल खेल्न नसक्ने बताएपछि फिफा र एएफसीले सन् २०२१ मा मात्र छनोट खेल खेलाउने निर्णय गरेका हुन्। कोरोनाका कारण अधिकांश देशले अन्तर्राष्ट्रिय आवागमनमा समेत प्रतिबन्ध गरेका छन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार