Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रममा आवश्यक व्यवस्था मिलाउन निर्देशन

    विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रममा आवश्यक व्यवस्था मिलाउन निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 4.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रममा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

    पाठ्यक्रमको भार घटाउने, केही हटाउने तथा अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नहुनेमा उनले जोड दिएका छन् ।



    बुधबार बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकलाई सम्बोधन गर्दै शिक्षा मन्त्री पोखरेलले यसमा तत्काल निचोड निकाल्ने गरी गृहकार्य गर्न शिक्षाका सम्बद्ध अधिकारीलाई निर्देशन दिएका हुन् ।



    कोरोना महामारीका कारण नयाँ शैक्षिक सत्रमा ठूलो क्षति भएको भन्दै उनले कुन कुन विकल्पमा हामीले काम गर्न सक्छौँ त्यसलाई तय गरेर अघि बढ्न आह्वान गरे । कोरोनाको महामारीका कारण वैशाखमा सुरु हुनुुपर्ने शैक्षिक सत्र अहिलेसम्म प्रारम्भ हुन सकेको छैन । सरकारले असार १ गतेदेखि भने वैकल्पिक माध्यमबाट विद्यार्थीको पठनपाठनलाई भने निरन्तरता दिएको छ ।आजको गोरखापत्र दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार