Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • फिफा विश्वकप छनोट २०२१ सम्मका लागि स्थगित

    फिफा विश्वकप छनोट २०२१ सम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 4.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गतका बाँकी खेलहरु पुन: स्थगित भएको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बुधबार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ सम्मका लागि स्थगित गरिएको जनाएको हो ।

    कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै फिफासँगको छलफलपछि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु स्थगित गरिएको एएफसीले जनाएको छ ।



    कोरोना भयावहको परिस्थिति हेरेर नयाँ मिति तय गरिने एएफसीले जनाएको छ । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार