Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पत्रकार बानियाँको मृत्यु रहस्यमय, छानविन गर्न माग

    पत्रकार बानियाँको मृत्यु रहस्यमय, छानविन गर्न माग

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सचिव बलराम बानियाँको निधनप्रति नेपाल पत्रकार महासंघ दुःख व्यक्त गरेको छ । बानियाँको मृत्यु रहस्यमय ढंगले भएको भन्दै महासंघले निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

    ‘पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पुर्‍याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै महासंघ दिवंगत बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गर्दछ’, महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।





    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार