Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • कोरोनाको ‘हटस्पट’ बन्दै विराटनगर

    कोरोनाको ‘हटस्पट’ बन्दै विराटनगर

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 2.7K
    SHARES

    विराटनगर । प्रदेश १ को राजधानी विराटनगर कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ। साउन पहिलो सातासम्म केही पेसाकर्मी र भारतबाट आएकाहरूमा मात्रै संक्रमण देखिए पनि यात्रा विवरण नभएकाहरूमा समेत कोरोना पुष्टि हुन थालेको छ।

    विराटनगरका चार जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्। साउन पहिलो सातासम्ममा यहाँ ३० जना मात्रै संक्रमित थिए। विराटनगर महानगरमा मंगलबारसम्ममा ३ सय ४१ संक्रमित पुगिसकेका छन्। सबै विराटनगरवासी, स्वास्थ्यकर्मी र पेसाकर्मी हुन्। कार्यालय र अस्पतालबाहेक उनीहरूको यात्रा विवरण भेटिएको छैन।



    अहिले कोरोना समुदायसम्म फैलिएको दाबी गर्दै विराटनगर महानगरका मेयर भीम पराजुली भन्छन्, ‘धमाधम संक्रमित भेटिएका छन्, समुदायसम्म कोराना पुग्यो, पीसीआर परीक्षणको दायरा बढाएका छौं।’ महानगर र स्वास्थ्यकर्मीले स्वाब परीक्षणको दायरा बढाइरहँदा प्रदेश सरकारले भने अझै संक्रमण समुदायमा नफैलिएको दाबी गरिरहेको छ। ‘यो क्रमलाई समाजमा फैलिएको भन्न मिल्दैन, स्वास्थ्य मापदण्ड र विश्व स्वास्थ्य संगठनको भनाइलाई आधार मान्दा यो समाजमा फैलनु अघिको अवस्था हो,’ सामाजिक विकासमन्त्री जीवन घिमिरे भन्छन्।



    संक्रमण रोक्न प्रदेश १ का अन्य तहभन्दा विराटनगर मजबुत हुनुपर्नेमा त्यस्तो देखिँदैन। महानगर र प्रदेश १ को राजधानी रहेको स्थानमा हरेक दिन संक्रमित थपिनु दुःखद् भएको कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन चुमनलाल दास बताउँछन्। ‘दुवै सरकार प्रत्यक्ष दौडने ठाउँको हालत यस्तो छ, संक्रमित बढेका बढ्यै छन्, विशेष योजना ल्याएर रोक्नुपथ्यो त्यो छैन, कहाँ चुकेको छ समन्वय’, उनले भने। दैनिक ठूलो संख्यामा संक्रमित थपिरहँदा प्रदेशले लकडाउन गर्नेदेखि नियन्त्रणको जिम्मा तहलाई दिएको छ। आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार