Online Nepal
  • शनिबार, २० पुष २०८१
  • ७२ प्रतिशतले मात्रै लाउँछन् मास्क

    ७२ प्रतिशतले मात्रै लाउँछन् मास्क

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडाैँ । नेपालमा ७२.१ प्रतिशतले मात्र मास्क प्रयोग गर्ने गरेको पाइएको छ। २७.१ प्रतिशतले मास्क नलगाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनमा उल्लेख छ। परिषद्ले व्यक्तिगत रूपमा ४ हजार ५ सय २ जनामा अध्ययन गरेको थियो। यसैगरी सार्वजनिक स्थलमा २ हजार ७ सय ३ जनामा अध्ययन गर्दा २७.३४ प्रतिशतले मास्क सही तरिकाले नलगाएको पाइएको छ। उनीहरूले चिउँडोमा राख्ने, हातमा लिने वा मुख मात्र छोप्ने गरी लगाएको पाइएको हो।

    परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले भने, ‘काठमाडौं उपत्यकामा बाहिर हिँडडुल गर्दा पनि मास्क नलगाउने प्रवृत्ति देखिएको छ। मास्क लगाए पनि सही तरिकाले नलगाउने गर्दा जोखिम झन् बढेको छ।’



    संक्रमण बढी देखिएका जिल्लामा जोखिम रहेकाले अलि कडाइ गर्नुपर्ने देखिएको सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले बताए। उनका अनुसार कडाइ गर्ने अधिकार स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ। ‘जोखिम जहाँ बढ्छ। त्यहाँ कडाइका उपाय अपनाइन्छ’, मन्त्री खतिवडाले भने। मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्त्री खतिवडाले भने, ‘जोखिम घट्दै गएको स्थानमा खुकुलो हुँदै जाने र जोखिम बढेको ठाउँमा कडाइ बढ्दै जाने क्षेत्रगत नीति हो।’ मन्त्रालयका प्रवक्ता डा. गौतमले कोरोना रोकथाम र नियन्त्रणमा हरेक तहतप्काका व्यक्तिको उत्तिकै जिम्मेवारी भएको बताए। अन्नपुर्ण पाेष्टबाट



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार