काठमाडौं। गायक निशान भट्टराई र उनकी प्रेमिका ऋचा न्यौपानेले काभ्रेपलाञ्चोक जिल्ला अदालत काभ्रेमा गएर कानूनी विवाह गरेका छन् । दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू कृष्ण जन्माष्टमीको अवसरमा वैवाहिक बन्धनमा बाँधिएका हुन्।
काभ्रे बार एसाेसिएसनका पूर्वअध्यक्ष अधिवक्ता रमेश हुमागाईंले दूवैजनाको विवाह गराएका हुन् । कानूनअनुसार दुवैजना वैवाहिक बन्धनमा बाँधिएको अधिवक्ता हुमागाईंले बताए । नेपाल आइडलको पहिलो सिजनका फस्ट रनरअप भएका निशानले ऋचासँग ‘लाहुर जाने रेल’ मा अभिनय गरेका थिए।
Leave a Reply