Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • १५ किलो सुनचाँदी प्रकरणमा निर्दोष ट्याक्सी चालक छुटे

    १५ किलो सुनचाँदी प्रकरणमा निर्दोष ट्याक्सी चालक छुटे

    अनलाइन नेपाल
  • मंगलबार, २७ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । साढे १४ किलो चाँदी र आधा किलो सुन बरामद प्रकरणमा पक्राउ परेका एक व्यक्ति छुटेका छन् । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ट्याक्सी चालक भैरहवाका सन्दीप गुरुङलाई छाड्न निर्देशन दिएपछि उनलाई थुनामुक्त गरिएको हो ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले गुरुङलाई छाडिएको पुष्टि गरे।



    गुरुङलाई देवान पटेल, विजय पटेल र निलेश पटेलसँगै ७ दिन संगठित अपराधमा अनुसन्धानका लागि म्याद थपिएको थियो । तर, संलग्नता नदेखिएपछि छुटेका छन् भने अन्यविरुद्ध अनुसन्धानका लागि थुनामै राख्न जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ ।



    सुनबारे थाहै नभएका व्यक्तिलाई पनि प्रहरीले संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार