Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • यातायातमन्त्री नेम्वाङले भने- छोटो दूरीको गाडी सावधानी अपनाइ चल्छ, लामोकाे भदौ मसान्तपछि

    यातायातमन्त्री नेम्वाङले भने- छोटो दूरीको गाडी सावधानी अपनाइ चल्छ, लामोकाे भदौ मसान्तपछि

    अनलाइन नेपाल
  • मंगलबार, २७ साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडाैँ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले छोटो दूरीका सवारी साधनहरु सावधानी अपनाइ सञ्चालन भइरहेका छन् तर लामाे दूरीका यातायात तत्काल सञ्चाल नहुने बताए। उनले लामो दूरीको यातायात भदौ मसान्तपछि मात्रै सञ्चालन हुने बताएका छन्।

    मन्त्री नेम्वाङले अहिले चलिरहेका छोटो दूरीका सवारी साधनहरु भने सञ्चालन भइरहने बताए। उनले भने,’काठमाडौंमा सार्वजनिक सवारी साधनहरु अहिले जसरी नै चल्छन्। हामीले १ गतेदेखि मध्यम दूरी र लामो दूरी भनेको यातायात सेवा भने भदौ मसान्तसम्म पुर्‍याइएको छ।’



    सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई सेवा र लामो दूरीको यातायात भदौ मसान्तसम्म सञ्चालन नहुने निर्णय गरेको थियो। यसअघि सरकारले भदौ १ गतेदेखि लामो दूरीको सवारी साधन र हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको थियो।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार