Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • उपकुलपति कार्यालयमा नेविसंघको तोडफोड, अनेरास्ववियूको विरोध

    उपकुलपति कार्यालयमा नेविसंघको तोडफोड, अनेरास्ववियूको विरोध

    अनलाइन नेपाल
  • मंगलबार, २७ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड गरेका छन् ।

    परीक्षाको विकल्प देऊ भन्दै नाराबाजी गर्दै पुगेको नेविसंघ कार्यकर्ताले आज (मंगलबार) उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड र ढुंगामुढा गरेका हुन् ।



    नेविसंघ कार्यकर्ताले उपकुलपति कार्यालय तोडफोड गर्नुका साथै शिक्षा शास्त्र संकायको केन्द्रीय क्याम्पसमा विभागीय प्रमुखको कार्यकक्षमा प्रवेश गरी कम्प्युटर प्रिन्टरलगायत शैक्षिक सामग्री तोडफोड गरेका छन् ।



    हिजो रेक्टरलाई भेट्न जाँदा उहाँहरुले विकल्प दिन नसक्ने जनाएपछि विज्ञान संकायका विद्यार्थीले तोडफोड गरेको नेविसंघ त्रिवि समितिका सभापति हरि आचार्यले जानकारी गराए ।

    तोडफोडमा संलग्न भएको आशंमा प्रहरीले नेविसंघका ७ कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला र मनोज कुँवर रहेका नेविसंघ केन्द्रीय समितिले जनाएको छ ।

    यता, नेविसंघ कार्यकर्ताले गरेको तोडफोडको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले विरोध जनाएको छ ।

    अनेरास्ववियूले एक विज्ञप्ति जारी गरी ‘जिम्मेवार भई विद्यार्थीहरुको हक हितको पक्षमा बोल्नुपर्नेमा विद्यार्थीका नियमित काम कारबाही अवरुद्ध गर्ने गरी तोडफोड र विभागीय प्रमुखलाई धम्क्याउने जस्ता अनैतिक र अराजक काम नगर्न’ नेविसंघलाई आग्रह समेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार