रौतहट । रौतहटमा थप ११ जना कोरोना संक्रमण पुष्टि भएको छ । गरुडा नगरपालिकाका स्वास्थ्य संयोजक आनन्द जयसवालले मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोन संक्रमण पुष्टि भएको जानकारी दिए ।
जयसवालका अनुसार साउन २२ गते ७९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएकोमा एकमहिला सहित ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
तिन दिनयता रौतहटमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १५ जनामा संक्रमण देखिएको थियो भने सोमबार एकै दिन राजदेवीमा १९ र कटहरीयामा ९ जनामा संक्रमण देखिएको थियो ।
Leave a Reply