Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेकपामा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ: पूर्वमन्त्री बोहोरा

    नेकपामा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ: पूर्वमन्त्री बोहोरा

    अनलाइन नेपाल
  • मंगलबार, २७ साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहोराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताएका छन्।

    नेकपा क्षेत्र नं १ प्रदेश (क) द्वारा आयोजित बैठकमा उनले पार्टीका हरेक तहमा अनुशासनको कमी भएको र स्वेच्छाचारिता बढेकामा चिन्तासमेत व्यक्त गरे। पार्टीको हरेक नेता÷कार्यकर्ता बैठकबाट भाग्न नहुने उनले बताए ।



    सांसद शेरबहादुर तामाङले पार्टीभित्र सामान्य समस्या रहेको र पार्टी एक ढिक्का बनाउन गरिएका प्रयत्न बाहिर नआएकामा आश्चर्य प्रकट गरे । उनले जनभावनाविपरीत गतिविधि गर्ने हरेक नेता÷कार्यकर्ता आफैँ समाप्त हुनेसमेत बताए ।



    बैठकमा पूर्वसांसद सुवास कर्माचार्य, जिल्ला कमिटी अध्यक्ष झम्क नेपाल, प्रदेश कमिटी सदस्य अमृता नेपाललगायतले आफ्ना विचार राखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार