Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • हत्या गरेर फरार भएका व्यक्ति २२ वर्षपछि पक्राउ

    हत्या गरेर फरार भएका व्यक्ति २२ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । प्रहरीले सल्यानमा छिमेकी युवकको हत्या गरी फरार भएका व्यक्ति २२ वर्षपछि पक्राउ परेका छन् । २०५५ साल कात्तिक ५ गते दिउँसो २ बजे सल्यानको तत्कालीन निगालचुला गाबिस-२ का २३ वर्षीय मनबहादुर कामीको हत्या गरी फरार भएका ६६ वर्षीय ईन्द्रे कामीलाइ प्रहरीले पक्राउ गरेकाे हाे ।

    सुर्खेतको गुर्भाकोट नगरपालिका-१ बाट आइतबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए । हत्यापछि फरार भएका कामी सुर्खेतमै घर बनाएर लुकिछिपी बसेकाे सूचनाका आधारमा सल्यानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जोशील बताए ।



    सल्यान जिल्ला अदालतको कामीलाई २० वर्ष कैद फैसला सुनाएको थियो । सोही सजाय भुक्तानीका लागि उनलाई सोमबार अदालतले कारागार चलान गरिसकेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार