Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चिनीभित्र पेस्तोल लुकाएर ल्याउने पक्राउ

काठमाडाैं । प्रहरीले जनकपुरमा चिनीभित्र लुकाएर पेस्तोल ओसारपसारमा गर्ने एक जनालाई पक्राउ गरेको छ । चिनीको झोलाभित्र पेस्तोल राखेर ल्याउदै गर्दा मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय सुजित यादवलाई जनकपुरको बाह्रविघाबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार कालो रंगको प्लाष्टिकको झोलामा चिनीभित्र लुकाएको ४ दशमलव ५ लेखिएको अटोमेटिक पेस्तोल १ थान र त्यसमा लाग्ने म्याग्जिन एक थानसहित यादवलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077