Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सुटकेसमा भेटिएको शवको पहिचान खुल्यो

    सुटकेसमा भेटिएको शवको पहिचान खुल्यो

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 4.5K
    SHARES

    काठमाडौं । काठमाडाैंकाे गोंगबुमा टाउको काटिएको अवस्थामा सुटकेसभित्र भेटिएको शवको सनाखत भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार हत्या गरिएका व्यक्ति दाङका कृष्णबहादुर बोहोरा भएको खुलेको हो ।

    रोल्पा स्थायी घर भएका उनी केही समयअघि दाङ बसाइ सरेका र हाल काठमाडौंको नयाँ बजार क्षेत्रमा एक कारखानामा कार्यरत रहेको प्रहरीले बताएको छ । पहिचान खुल्न नसकेपछि प्रहरीले उनको तस्बिर र हुलिया आइतबार सार्वजनिक गरेको थियो । तस्बिर सार्वजनिक गरेपछि कारखाना वरपरका व्यक्तिहरु सम्पर्कमा आएको र उनीहरुले सनाखत गरेको प्रहरीले बताएको छ ।



    शनिबार बिहानै प्रहरीले टाउको काटेको अवस्थामा उनको शव सुटकेसमा फेला पारेको थियो भने टाउको केही पर अर्को झोलामा भेटिएको थियो । उनको हत्याराको खोजी भइरहेको प्रहरीले बताएको छ । हालसम्म कसैलाई पक्राउ गरिएको छैन । घटनास्थल मृतकको सुटकेशमा शव भेटिएको स्थानभन्दा ५० मिटरको दूरीमा रहेको छ । घटनास्थल नजिकैको ४ तले घरको एउटा कोठामा घटना भएको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।



    महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले घटना भएको घर फेला परेको जानकारी दिँदै प्रहरीले सो घरलाई सिल गरेर अनुसन्धान तथा सोधपुछ थालेको बताए । उनका अनुसार आइतबार बिहान टाउको र खुट्टा बिनैको शव सुटकेशमा भेटिएको स्थानभन्दा करिब ५० मिटरको दूरीमा घटनास्थल रहेको छ । मृतकका मामाले शवको सनाखत गरेसँगै प्रहरी घटनास्थलसम्म पुग्न सफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार