Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

धनगढी बजार जलमग्न

कैलाली । धनगढी बजार डुबानमा परेको छ । पानी निकासको व्यवस्था नहुँदा धनगढी बजार डुबानमा परेको हाे ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार बिहान परेको वर्षाका कारण धनगढी उपमहानगरपालिकाभित्र ३ सय भन्दा बढी घरमा पानी पसेको जनाएको छ ।

मुख्य सडकमा करिब २ फिट पानी जमेको थियो । धनगढीको एलएनचोक, क्याम्पस चोक, शिव नगर, वसन्तपुर, मिलन चोकलगायतका क्षेत्रहरूमा सबै भन्दा धेरै पानी जमेको छ ।

धनगढी उपमहानगरपालिकाभित्र रहेका पानी निकासका ढलहरू बन्द हुँदा र नालाहरू अतिक्रमण हुँदा बजार क्षेत्र डुबानमा परेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077