काठमाडौं । मन्त्रिपरिषदको बैठक सोमबार बस्दैछ । आजको बैठक नियमित भएपनि कोभिड–१९ सम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने एक मन्त्रीले बताए।यसअघि सरकारले भदौ १ गतेबाट हवाई उडान र लामो तथा छोटोे दुरीका सार्वजनिक यातायात खेल्ने निर्णय गरेको थियो । बालुवाटार स्रोतका अनुसार यसअघिका त्यस्ता अधिकांश निर्णय कार्यान्वयनका सवालमा केही संशोधन हुनसक्नेछ ।
तर,पछिल्लो पटक कोरोेना भाइरस संक्रमण बढ्न पुगेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्रले उक्त निर्णय कार्यान्वयनका लागि १५ दिन पछि सार्न सुझाव दिइसकेको छ । त्यस्तै भदौ १ बाटै विद्यालय भर्ना लगायतका कार्यक्रम पनि एक महिना पछि सार्ने बारेमा छलफल भएकाले त्यसबारे समेत सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्नसक्ने ती मन्त्रीले जानकारी दिए ।
सोमबार बेलुका ५ बजेलाई मन्त्रिपरिषद बैठक बोलाएको छ। सरकारले लकडाउन खुला गरेसँगै संक्रमण बढ्दै जान थालेकाले कतिपय विज्ञहरुले पुनः लकडाउन गर्न सरकारलाई सुझाव दिएका छन् ।
Leave a Reply