Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • देशभर २४ वटा करदाता सेवा कार्यालय थपिए

    देशभर २४ वटा करदाता सेवा कार्यालय थपिए

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । करको दायरा बिस्तार गर्ने उद्देश्यले देशभर दुई दर्जन करदाता सेवा कार्यालय सरकारले थपेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ देखि संचालनमा आउने गरी २४ वटा करदाता सेवा कार्यालय थप भएका छन् ।

    मन्त्रालयका अनुसार भोजपुुर, जलेश्वर, ओखलढुंगा, लालबन्दी, कलैया र चन्द्रपुरमा करदाता सेवा कार्यालय स्थापना भएको छ । सिन्धुली, मन्थली, चरिकोट, खैरहनी (चितवन), गोरखा, बेसिशहर, परासी र स्याङ्जाको पुतलीबजारमा पनि कार्यालय स्थापना भएको छ । कुश्मा, तमघास, तौतिहवा, चकचके (प्यूठान), सन्धीखर्च, गुलरिया, श्रीनगर (सल्यान), साँफेबगर (अछाम, दिपायल र थपरीमा समेत चालु आवबाट सञ्चालनमा आउने गरी करदाता सेवा कार्यालय स्थापना गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।



    यसरी थप भएका करदाता सेवा कार्यालयहरु अधिकांश पहाडी भेगका जिल्ला सदरमुकाममा स्थापना गरिएका छन् । मन्त्रालयको विवरण अनुसार काठमाडौंको जोरपाटीमा आन्तरिक राजस्व कार्यालय थपिएको छ । अन्य २४ स्थानमा भने करदाता सेवा कार्यालय सञ्चालनमा ल्याइएको छ ।



    आन्तरिक राजस्व व्यवस्थापनका लागि केन्द्रमा आन्तरिक राजस्व विभाग रहेको छ । त्यस मातहत एक ठूला करदाता कार्यालय र अर्को मध्यमस्तरीय करदाता कार्यालय संचालनमा छन् । आर्थिक गतिविधि बढी हुने स्थानमा आन्तरिक राजस्व कार्यालय संचालनमा ल्याइएको छ । जिल्लास्तरमा भने करदाता सेवा कार्यालय सञ्चालनमा रहेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार