Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गाँजासहित एक पक्राउ

सिरहा । सशस्त्र प्रहरीको टोलीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प मिर्चैयाबाट खटिएको टोलीले मिर्चैया नगरपालिका १० बाट तीन केजी ४०० ग्राम लागुऔषध गाँजासहित सिरहा नगरपालिका १६ निवासी ६० वर्षीय मनै मोचीलाई पक्राउ गरेको हो ।

बोरामा प्याकिङ गरी लैजाँदै गरेको अवस्थामा शङ्का लागेर जाँच गर्दा लागुऔषध गाँजा बरामद भएपछि मोचीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वाटर सिरहाका सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077