Online Nepal
  • शनिबार, २० पुष २०८१
  • उपत्यकामा कोरोना नियन्त्रण प्रहरीकै भरोसामा

    उपत्यकामा कोरोना नियन्त्रण प्रहरीकै भरोसामा

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 2.1K
    SHARES

    फाइल तस्बिर

    काठमाडाैँ । उपत्यका कोरोना संक्रमणको ‘हब’ बन्नै लाग्दा यहाँ छिर्ने नाकामा भने ओहोरदोहोर बढ्दो छ। कोरोना महामारी नफैलिँदै नाकाहरूमा कडाइ गरेको सरकार संक्रमण व्यापक फैलिरहेको बेला भने कमजोर देखिएको छ। नाका र चेकपोष्टमा कडाइ गर्ने जिम्मेवारी प्रहरीलाई नै दिइएको भए पनि प्रहरीले मात्रै नाकामा ओहोरदोहोर गर्नेलाई सम्हाल्न सक्ने अवस्था छैन। आफैंलाई संक्रमण फैलने डरमा प्रहरी स्यमं रहेका छन्। पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री र अबुझ यात्रुका कारण आफूहरूलाई उपत्यकाका नाकामा कडाइ गर्न कठिन भइरहेको प्रहरीको भनाइ छ।

    महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले नाकाहरूमा ओहोरदोहोर गर्ने संख्या बढेको स्वीकार गरे। उनले पास लिएरै आउनेको संख्या पनि बढेको जानकारी दिए। तर, ती यात्रुहरू कहाँबाट आए र कहाँ जान्छन् भन्ने रेकर्ड प्रहरीसँग हुँदैन। प्रहरीले बाहिरी पासको आधारका छाड्ने गरेको छ। डिएसपी श्रेष्ठले आफूहरूले सक्दो कडाइ गरे पनि कतिपय यात्रु चोर बाटो अपनाएर ओहोरदोहोर गरेकाले त्यसले स्थिति झन् भयाभह हुनसक्ने जानकारी दिए। उनले भने, ‘हामीले सक्दो कडाइ गरेकै छौं, तर यस्तो विषयमा पनि अरूलाई बिन्ती र कारबाही गर्नुपर्ने अवस्था आउनु राम्रो होइन, सकेसम्म सर्वसाधारण आफैं चेतनशील भएको भए हामीलाई दबाब पर्ने थिएन।’ उनका अनुसार हरेक दिन बिनापास आएका ५० भन्दा बढी सवारीसाधन प्रहरीले फिर्ता गरेको छ। कतिपय पास लिएर आएका सवारीसाधनले यात्रु बोकेका कारण प्रहरीले रोक्ने गरेको छ। तर, लामो दूरीको यात्रापछि नाका छिरेका उनीहरूलाई प्रहरीले फर्काए पनि भित्री बाटोबाट धमाधम उपत्यका छिर्ने गरेका छन्।



    मुख्यनाकामा मात्रै कडाइ गर्न निकै चुनौतीपूर्ण रहेकाले प्रहरी प्रधान कार्यालयले उपत्यका प्रवेश गर्नुपूर्व त्यो सवारीसाधन कहाँकहाँ हुँदै आउँछ त्यसबारेमा रेकर्ड राख्न र कडाइ गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ। नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले यदि सुर्खेत हुँदै आउने सवारी हो भने उसलाई त्यहाँदेखि काठमाडौंसम्म आउँदा  ठाउँ–ठाउँमा प्रहरीले जाँच गर्नुपर्ने बताए।



    तर, उपत्यकाका नाकामा बिनापास आएका सवारीसाधनको भीड हेर्दा अन्यत्र जाँच नै नहुने रहेछ भन्ने प्रस्ट हुन्छ। उपत्यकासम्म जसोतसो आउने यहाँ आएर फोन गरेरै भए पनि प्रवेश गर्ने प्रवृत्तिले उपत्यकामा कारोना संक्रमण भयाभह हुने यातायातकर्मीहरू बताउँछन्। प्रहरीले मुख्य नाकामा कडाइ गरे पनि सामान्य भित्री बाटो प्रयोग गरेर यात्रु उपत्यका भित्रिइरहेको उनीहरूको भनाइ छ।

    यातायातकर्मी पे्रमहादुर थापाले प्रशासन र प्रहरीकै कमजोरीका कारण उपत्यकामा कोरोना संक्रमण बढेको बताए। उनले नाकामा प्रहरीले सामान्य जाँच मात्रै गरेकाले उपत्यका भित्रिनेको भीड रहेको जानकारी दिए। ‘म आफंै पैदल यात्रा गरेर नाकाको अवस्था बुझ्न गएको छु, तर प्रहरीले त्यसरी कडाइ गरेको छैन, यसले गर्दा उपत्यकामा संक्रमणको भयाभह हुँदैछ,’ उनले भने। उनले लकडाउनका बेला यात्रु कम ओहोरदोहोर गरे पनि त्यसपछि भने सडक निकै व्यस्त भएको बताउँदै फेरि लकडाउन गर्नुपर्न बताए। उनले चन्द्रागिरी, रामकोट, सितापाइला, कीर्तिपुरलगायत क्षेत्रको चोर बाटो हुँदै यात्रुहरू उपत्यका छिर्ने गरेको बताए।

    यसरी उपत्यकाबाहिरबाट आएकाहरूको ‘कन्ट्याक टेस्ट’ र विवरण संकलन नगर्दा उनीहरूमा कोरोना पोजेटिभ देखिए पनि सम्पर्कविहीन हुने अवस्था छ। प्रहरी र पिसिआर गराउने निकायले उनीहरूको पर्याप्त विवरण नराख्नु गम्भीर लापरबाही देखिन्छ। शनिबार स्वास्थ्य मन्त्रालयले पिसिआर गरेका ६ जना व्यक्तिको कोरोना पोजेटिभ देखिए पनि अझै उनीहरूको पहिचान हुने सकेको छैन। पिसिआर गराउने व्यक्ति आफैं संयमित र जिम्मेवार नबनेका कारण उनीहरूलाई सम्पर्क गर्न नसकिएको स्वाथ्य मन्त्रायलले जनाएको छ।

    स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समीर अधिकारीले पिसिआर गराएका व्यक्तिहरू अस्पताल र प्रशासनको सम्पर्कमा रहनुपर्ने बताए। उनले भने, ‘पिसिआर गरेर फरार हुनु लाहपरबाही हो, यसले समुदाय मात्रै होइन, परिवारलाई नै असर पार्छ, त्यसकारण पिसिआर गराएका व्यक्तिले नतिजा नआएसम्म आवतजावत गर्दा ख्याल गर्नुपर्ने हुन्छ।’ नागरिक दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार