Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अध्ययन भन्छ – काठमाडाैं उपत्यकामा ७२ प्रतिशतले मात्र मास्क लगाउँछन्

    अध्ययन भन्छ – काठमाडाैं उपत्यकामा ७२ प्रतिशतले मात्र मास्क लगाउँछन्

    अनलाइन नेपाल
  • आइतबार, २५ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । कोरोना संक्रमणबाट बच्‍नका लागि लगाइने मास्क जम्मा ७२ प्रतिशतले मात्र सही तरिकाले प्रयोग गरिरहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले काठमाडौं उपत्यकाका २३ सार्वजनिक स्थानमा गरेको अध्ययनले ७२ दशमलव १ प्रतिशत मानिसले मात्र मास्क प्रयोग गरेको पाइएको हो ।

    परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीले काठमाडौं उपत्यकामा गरिएको एक अध्ययनमा २७ दशमलव ६६ प्रतिशतले मास्क नलगाएको पाइएको जानकारी दिए। उनका अनुसार जनस्वास्थ्यका मापदण्ड पालना भएको छ कि छैन भनी स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी अध्ययन गरिएको थियो ।



    व्यक्तिगत तहमा चार हजार ५०२ जनामा मास्क कसरी लगाएको, कस्तो प्रकारको मास्क लगाएको विषयमा अध्ययन गरिएको थियो । जसमध्ये ७२ दशमलव १ प्रतिशतले मात्र मास्क लगाएको पाइएको थियो भने २७ दशमलव ६६ प्रतिशत मास्क नलगाएको पाइएको थियो । कपडाका मास्क लगाउने १५ दशमलव ८ प्रतिशत छन् ।



    यसैगरी, सार्वजनिक स्थल तरकारी बजार, मठमन्दिर, मालपोत कार्यालय, बैंक, होटल र सपिङ् महललगायतका स्थलमा २७ सय ३ जनामा अध्ययन गर्दा २७ दशमलव ३४ प्रतिशतले मास्क सही तरिकाले नलगाएको हातमा बोक्ने, घाँटीमा झुन्ड्याउने, नाकमुनी लगाउने, चिउँडोमा राख्‍ने, हातमा लिने वा मुख मात्र छोप्‍ने गरी लगाएको पाइएको उनले जानकारी दिए ।

    ६० प्रतिशत स्थानमा मात्रै साबुनपानीको व्यवस्था भएको तथा अस्पतालहरुको चमेना गृहमा सामाजिक दूरी कायम नभएको देखिएको उक्त अध्ययनमा उल्लेख छ । जनस्वास्थ्यको मापदण्ड प्रभावकारी रुपमा पालना नगरिएको पाइएको हुँदा जिम्मेवार निकायले यसको अनुगमन गनुपर्ने देखिएको उनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार