काठमाडाैं । बाँकेमा आइतबार विहान मृत्यु भएकी ७० वर्षीया वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । निमोनियाका भएपछि मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारका लागि भर्ना भएकी महिलाकाे मृत्यु पछि गरिएकाे परीक्षण रिपोर्ट पाेजेटिभ आएकाे अस्पतालका सहायक निर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिए ।
‘११ बजे उहाँको मृत्यु भयो, रिपोर्ट दिउँसो ३ बजेमात्र आयो’ उनले भने । ती वृद्धाको शुक्रबार स्वाब लिइएको थियो । स्वास्थ्य समस्या देखिएपछि ती वृद्धालाई शुक्रबार नै भर्ना गरिएको थियो ।
Leave a Reply