Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • राष्ट्रिय टोलीका खेलाडीको कोरोना परीक्षण भाेलि गरिने

    राष्ट्रिय टोलीका खेलाडीको कोरोना परीक्षण भाेलि गरिने

    अनलाइन नेपाल
  • आइतबार, २५ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार राष्ट्रिय टोलीका खेलाडीको कोरोना परीक्षण गर्ने भएको छ । एन्फाले फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत बाँकी खेलका लागि अभ्यास सुरु गर्ने तयारी गरेको एन्फाले सोमबार पहिलो चरणमा कोरोना परीक्षण गर्न लागेको हो ।

    एन्फाले पाटन अस्पतालमा खेलाडी, प्रशिक्षक र अफिसियल सहित झण्डै ७० जनाको कोरोना परीक्षण गर्न लागेको हो । फिफा र एएफसी सहित एन्फाले कोरोना जोखिमकै बीच अभ्यास सुरु गर्न आफ्नै प्रोटोकल बनाइसकेको छ ।



    फिफा विश्वकप छनोटका बाँकी ३ खेल कुनै समस्या नआए अक्टोबर ८ देखि दशरथ रंगशालामा हुनेछन् । पहिलो खेल नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेइसँग खेल्ने तय छ । यस्तै अहिलेसम्म नेपालले ५ खेलबाट मात्रै ३ अंक जोड्न सकेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार