Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कुटपिट गर्ने दुई जना पक्राउ

    कुटपिट गर्ने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २५ साउन २०७७
  • 5K
    SHARES

    पाल्पा । बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१ घर भई नवलपरासी देउचुली नगरपालिका-४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थान बस्ने ३७ वर्षीया यममाया कुमाल रहेका छन् ।



    रामपुर नगरपालिका-८ सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा उनीहरूले एक पुरुष र एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी घाइते बनाएको र पुरुषलाई बोक्सीको आरोप लगाएको भन्ने उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने बुद्धि र यममायालाई पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार