Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • संक्रमित मन्त्री भेटेका प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

    संक्रमित मन्त्री भेटेका प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार बिहान दिइएको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सन्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

    प्रधानमन्त्रीसँगै नेकपा  संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईको  पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ । प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाकाे स्वाब लिइएकाे थियाे । र, सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे पनि थापाले वताए ।



    कोरोना संक्रमण पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले आइतबारमात्रै काठमाडौंमा प्रधानमन्त्री   ओलीदेखि देशका शीर्ष नेताहरू र नेपाल प्रहरीका आईजीपी सैलेश थापालाई भेटेको खुलेपछि ओलीसहित सबैको कोरोना परीक्षण गरिएको थियो।



    मन्त्री यादवले बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका थिए। ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार