काठमाडौं। दुबईबाट आइरहेको एअर इण्डिया एक्सप्रेसको बोइङ-७३७ विमान दक्षिण भारतीय राज्य क्यालिकटको विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको छ।
विमानमा झन्डै २०० जना सवार थिए। विमानमा १८९ यात्री र 6 जना चालक दलका सदस्यहरू थिए। तीमध्ये १० बच्चाहरु पनि थिए।
उक्त विमान अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको थियो। विमान दुई टुक्रा भएको तस्बिर सामाजिक सञ्जालहरूमा राखिएका छन्।
नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो।
विमान अवतरण क्रममा भारी वर्षा पनि भइरहेको थियो। दुर्घटनामा धेरै व्यक्तिहरू घाइते भएका छन्। घाइतेहरुलाई अस्पताल लगिएको छ। दुर्घटनामा एक पाइलट र १५ जना यात्रुको मृत्यु भएको आजतकले जनाएको छ। त्यहाँ उद्दार कार्य जारी रहेको छ।
भारतीय नागरिक उड्डययनका दुर्घटनामा परेको विमान दुई टुक्रा भएको छ।
Leave a Reply