Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना कहरले श्रमिकहरूकाे रोजगारी गुमेकोमा राष्ट्रपतिद्वारा चिन्ता व्यक्त

    कोरोना कहरले श्रमिकहरूकाे रोजगारी गुमेकोमा राष्ट्रपतिद्वारा चिन्ता व्यक्त

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसका कारण श्रमिकहरूले रोजगारी गुमाएकोमा चिन्ता व्यक्त गरेकी छन् । शुक्रवार राष्ट्रपति कार्यालयमा कोरोना रोकथाम नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग कुराकानी गर्दै राष्ट्रपति भण्डारीले कोरोना नियन्त्रण र रोकथाममा भएका प्रयासहरूको बारेमा जानकारी लिएकी थिइन ।

    राष्ट्रपति कार्यालयले शुक्रवार साँझ एक विज्ञप्ति जारी गर्दै भनेकाे छ, ‘भेटघाटमा सम्माननीय राष्ट्रपतिले कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमहरू र यसका लागि अपनाएका उपायहरू प्रभावकारी रहेको कुरा उल्लेख गर्नुभयो,’ विज्ञप्तिमा भनिएको छ,’ ‘तथापि बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्ने लगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकहरूले रोजगारी गुमाउनु परेकोमा चिन्ता व्यक्त गर्नुभयो ।’



    हालैका दिनहरूमा संक्रमितहरूको संख्या बढेकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कोरोनाभाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्डहरू सबैबाट पालना गरिनुपर्ने कुरामा जोड दिइन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार