Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • आइतबारदेखी हुने भनिएकाे ‘सटडाउन’ के हाे, कुन-कुन सेवा बन्द हुन्छन्? सूचना हेर्नुहाेस

    आइतबारदेखी हुने भनिएकाे ‘सटडाउन’ के हाे, कुन-कुन सेवा बन्द हुन्छन्? सूचना हेर्नुहाेस

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 7.2K
    SHARES

    काठमाडौं । काठमाडाैं उपत्यकाभित्रका तीनवटा जिल्ला प्रशासन कार्यालयले साउन २५ गतेदेखि आइतबारदेखि विभिन्न सेवा बन्द गर्ने निर्णय गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा नदिने निर्णय गरेका हुन ।

    प्रशासन कार्यालयले दिने नयाँ नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, हातहतियार दर्ता तथा नवीकरण, संस्था दर्ता र पत्रपत्रिका दर्ता तथा नवीकरण, राहतदानी वितरण, नाबालिग परिचयन पत्र वितरणजस्ता सेवा बन्द गरेका छन् । तर, शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दा, अत्यावश्यक सवारी पास र विपद् सम्बन्धी कार्य भने यथावत् रहने जनाइएकाे छ ।



    तर आम नागरिकले सरकारले गर्न लागेकाे ‘सटडाउन’ लाई ‘सटडाउन’ कै रूपमा बुझेका छन् । जिल्ला प्रशासन कार्यालयले आफूले प्रदान गर्ने सेवाहरुमात्रै कटौती गरेकाे प्रष्ट पारेपनि सर्वसाधारणले भने सेवा बन्दलाई फेरि लकडाउनकै अर्काे रुपमा बुझेका छन् ।



    के खुल्छ, के बन्द हुन्छ ? जारी गरिएकाे सूचना यस्ताे छ ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार