Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • अर्काको नामकाे जग्गा देखाउदै २६ लाख ठगी गर्ने पक्राउ

    अर्काको नामकाे जग्गा देखाउदै २६ लाख ठगी गर्ने पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 5.1K
    SHARES

    काठमाडाैं । महानगरीय अपराध महाशाखाले अर्काको जग्गा देखाई वैना लिई ठगी गर्ने एक जनालाइ पक्राउ गरेकाे छ । रामेछापकाे सुनापाति-२ घर भइ हाल टोखा नगरपालिका-३ बस्ने ५६ बर्षका राम प्रसाद पाण्डेलाइ पक्राउ गरिएकाे महाशाखाले जनाएकाे छ ।

    पक्राउ परेका पाण्डेले भक्तपुरको नङखेलमा विभिन्न व्यक्तिको नाममा रहेकाे ७ वटा कित्ताको क्षेत्रफल ७-८-०-० जग्गाहरु जग्गाधनीहरुबाट वैना गरी लिएको र कित्ता काट गरी २० फिटको बाटो खोली विकसित घडेरीहरु निर्माण गरी प्रति आना दश लाखका दरले विक्री गर्छु भनि खोटाङ घर भई भक्तपुर वस्ने नयाँवर्ण राईलाईबाट २६ लाख लिएर सम्पर्क विहिन भएका थिए ।



    राईले दिएकाे उजुरीका आधारमा काठमाण्डौको टोखाबाट पक्राउ गरी ठगी सम्वन्धि कसूरमा अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, नयाँबानेश्वर पठाईएकाे महाशाखाले शुक्रबार जानकारी दिएकाे छ । अनुसन्धानको क्रममा पक्राउ परेका पाण्डेलाई काठमाण्डौ जिल्ला अदालतले २०६५ साल मंसिर १५ गते १ बर्ष कैद र दुईलाख अड्चालिस हजार सात सय पचास जरिवानाकाे फैसला गरेकाे थियाे । तर फरार रहेको पाण्डे फरार रहेका थिए । उनले अन्य व्यक्तिहरुलाई समेत लाखौ रकम लिई ठगेको भन्ने बुझिन आएकोले थप अनुसन्धान भईरहेको महाशाखाले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार