Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पठनपाठनको नयाँ विकल्प अनुसार काम गर्नुपर्छ : शिक्षामन्त्री पोखरेल

    पठनपाठनको नयाँ विकल्प अनुसार काम गर्नुपर्छ : शिक्षामन्त्री पोखरेल

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयका शिक्षकलाई आफू कार्यरत विद्यालयमा पुगेर पठनपाठनको नयाँ विकल्पअनुसार काम आग्रह गरेका छन् ।

    शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल ‘फेस टु फेस पठनपाठन’ पठपनपाठन गराउन सम्भव नभएको बताएका हुन् ।



    घरमै गएर विद्यार्थीलाई पढाउने विकल्प कर्णाली प्रदेशमा प्रभावकारी देखिएको भन्दै मन्त्री पोखरेलले सबै शिक्षकलाई साउन मशान्तभित्र विद्यालयमा पुग्न पनि आग्रह गरे ।



    ‘यो वा त्यो नाममा अब स्कुलसंग टचर नगाँसिने भन्ने हुदैन । जान गाह्रो भयो भने पासका लागि गृह मन्त्रालयले मध्यस्तता गर्छ । पीसीआर (परीक्षण) गर्नु पर्ला त्यो पनि गर्नुस, स्थानीय तहले त्यसको ब्यवस्थापन गर्छ’ मन्त्री पोखरेलले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार