Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • साउन मसान्तसम्म जिल्ला प्रवेशमा रोक लगाउने मकवानपुरकाे निर्णय

    साउन मसान्तसम्म जिल्ला प्रवेशमा रोक लगाउने मकवानपुरकाे निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिम बढेको भन्दै साउन ३२ गतेसम्म जिल्ला प्रवेशमा रोक लगाएको छ ।

    प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुर जिल्लाभित्र सञ्चालित उद्योग, कलकारखाना तथा व्यवसायमा आवद्ध श्रमिक तथा कामदार अन्य जिल्लाबाट ल्याउन पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो ।



    ‘सरकारी तथा निजी कार्यालय एवं संघसंस्थामा कार्यरत रहेका कर्मचारीहरुको दैनिक रुपमा यस जिल्लाबाट अन्य जिल्लामा र अन्य जिल्लाबाट यस जिल्लामा हुने आवागमनलाई साउन ३२ गतेसम्म रोक लगाइने छ,’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार