Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • प्रधानमन्त्रीका सल्लाहकारद्धारा पार्टी प्रवक्तालाई यस्तो चेतावनी

    प्रधानमन्त्रीका सल्लाहकारद्धारा पार्टी प्रवक्तालाई यस्तो चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । फुटको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र एकले अर्कोलाई दोषारोपण गर्ने काम शुरु भएको छ ।

    अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुन नसकिरहेका बेला तल्लो तहका नेताहरु भने आरोप प्रत्यारोपमा लागेका छन् ।



    पचण्ड पक्षले ओलीका कारण पार्टी फुटको संघारमा पुगिसकेको बताउन थालेका छन् भने ओली पक्षले जस्तो सुकै अवस्था आए पनि अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा दिन नहुने भन्दै उक्साइरहेका छन् ।



    त्यसो त पार्टीभित्र चुलिएको विवाद सामाजिक सञ्जालमा समेत देखिन थालेका छन् ।

    प्रधामन्त्रीका सल्लाहकार विष्णु रिमालले पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ता पदको लाज जोगाउन आग्रह गर्दै सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गरेपछि यो कुरा सतहमा आएको हो ।

    रिमालले ‘इनफ इज इनफ’ लेख्दै प्रवक्ता श्रेष्ठलाई भनेका छन् ‘नारायणकाजी जी कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् । बिधी र पद्दतीको नक्कली गीत गाउँदै नेताहरुलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ! पार्टी एकताबिरुद्धका कुनै पनि गतिबिधी कतैबाट पनि नहोस ११ मुलुक संवेदनशील मोडमा छ महशुस होस !!!’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार