Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • गर्मी, वर्षात् र कोरोनाका बेला अनुहारकाे यसरी ध्यान दिन सकिन्छ

    गर्मी, वर्षात् र कोरोनाका बेला अनुहारकाे यसरी ध्यान दिन सकिन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 6.8K
    SHARES

    रश्मिला श्रेष्ठ नेपालको ब्युटिसियनको बजारमा चलेको नाम हो । महिलाहरू मात्र नभइ ‘रश्मिलाज् फेसियल हाउस’मा पुरुषहरूलाई पनि ब्युटिसियनको सेवा दिने गरिएको छ । काठमाडौं मल सुन्धारा र बिजी मल गोंगबुमा रश्मिलाज् फेसियल हाउसले ग्राहकहरूलाई सेवा दिँदै आएको छ । लामो समयदेखि यी दुई स्थानमा सौन्दर्यसम्बन्धी सेवा दिने गरिएको छ । अहिले गर्मी, वर्षात र कोरोनाको समस्या छ । यस्तो अवस्थामा अनुहारलाई महिलाहरूले कसरी हेरचाह गर्ने भनेर वरिष्ठ सौन्दर्यविद् श्रेष्ठसँग onlinenepal.com का लागि गरिएको कुराकानीको सम्पादित अंश :

    ० गर्मी र वर्षतको समयमा महिलाहरूले घरमै अनुहारको हेरचाह कसरी गर्ने ?
    – यो समयमा तापक्रमले गर्दा अनुहारमा चिल्लो देखिएको हुन्छ । चिल्लोलाई कन्ट्रोल गर्नको लागि बिहानमा ब्ल्चिङ गर्ने । फेसवास गर्ने । दिउँसो पनि हामीले चिसो पानीले अनुहार तीन पटक सफा गर्ने अर्थात धुने । यो समयमा तातोपानीले अनुहार नधुने । दिनमा तीन पटक चिसो पानीले अनुहार धुँदा अनुहारको चिल्लो कन्ट्रोल गर्न सकिन्छ । हाम्रो छालाको स्याहार सुसार सधैं गर्न जरुरी छ । त्यसमाथि हाम्रो मुहारको छालालाई बढी नै प्रत्यक्ष रुपमा घाम र वातावरणको सम्पर्कमा आउने हुनाले मुहारको छालालाई चाहिं विशेष ध्यान दिनु पर्ने हुन्छ । जसमध्ये नियमित फेसियल मसाज एक उत्तम उपाय तथा उपचार हो ।



    ० कुनै महिलाको फुस्रो वा ड्राइ अनुहार छ भने त्यसको हेरचाह कसरी गर्ने ?
    – दिनको दुई पटक अनुहार चिसोपानीले धुने । बाहिर हिँड्दा सनस्क्रीन प्रोडक्टहरू लगाउने । गर्मी महिनामा ओइली स्किन हुन्छ । फेस स्किन ५ किसिमको हुन्छ । ओइली स्किन, ड्राई स्किन रकम्विनिसिन स्किन, सेन्सिटिब स्किन, नर्मल स्किन । गर्मीमा प्रायः ओइली स्किन हुन्छ ।



    ० सनस्क्रीन प्रोडक्ट सस्तो र राम्रो कुन हुन्छ ?
    – यही भन्ने छैन । आफूले हेरेर कुन मन पर्छ त्यही लगाउँदा हुन्छ । कसैले ब्राण्डवाला लगाउन मन पराउँछन् । कसैले आफ्नो गच्छेअनुसार पनि लगाउन सक्छन् । हामीले यही ब्राण्ड भन्न मिल्दैन । ब्राण्डका विषयमा यो या त्यो लगाउन भन्न उपयुक्त हुँदैन । सकेसम्म गुणस्तरीय नै लगाउनु राम्रो हुन्छ । अनुहारमा खेलवाड गर्नु हुँदैन ।

    ० नेपालमा जहाँ पनि पाइने ब्राण्ड कुन हो ?
    – अहिले नेपाली बजारमा धेरै उत्पादनहरू चलिरहेका छन् । यही भन्न सकिदैन । रश्मिलाज् फेसियल हाउसमा ‘रश्मिला एड्भान्स सनस्क्रीन क्रिम’ छ । हाम्रोमा आउने ग्राहकहरूलाई यही प्रोडक्ट प्रयोग गर्न सुझाव र सल्लाह दिने गरेका छौं । हाम्रै सनब्लक दिने गरेका छौं । यो आइबरी मिल्कबाट बनेको हुन्छ । हामीले ब्लिचिङ गर्ने, फेसियल गर्ने, रिङकलको भनेर एउटा मोस्चराइजर र सनब्लक दिएर पठाउने गरेका छौं ।

    ० वर्षात र गर्मीको समयमा अनुहारमा लगाएको मेकअप पसिना वा पानीले बग्ने गर्छ । त्यसले साइड इफेक्ट गर्छ कि गर्दैन ?
    – त्यस्तो साइड इफेक्ट त केही पनि हुँदैन । अनुहारबाट बगेको बेला टाटाटुटी त देखिन्छ । त्यसलाई सफासँग मेकअप गर्नुपर्छ । मेकअप गरेको आधा घण्टामा अनुहार धोएर फ्रेस राख्नुपर्छ । त्यसपछि सनलोसन, सनस्क्रीनहरू लगाएर बाहिर घाममा निस्कदा उचित हुन्छ ।

    ० महिलाहरूले साबुनले मुख धुँदा असर गर्छ कि गर्दैन ?
    – साबुनले मुख धुँदा अनुहार ड्राई हुन्छ । स्कीन फुस्रो हुन्छ । स्कीन पटपट फुट्ने पनि हुन्छ । अनुहारबाट पाप्रा निस्कन्छ पनि । म चाहिं साबुनले अनुहार धुनु सल्लाह दिन्न ।

    ० गर्मीमा पसिना आउँछ । धुलो, धुँवा टाँसिएको हुन्छ । यस्तो अवस्थामा अनुहारलाई कसरी धुने त ?
    – अहिले फेसवास आइरहेको छ । ड्राइस्कीनको लागि मोस्चराइजर भएको फेसवासहरू हुन्छ । ओइली स्कीनको लागि ओइल कन्ट्रोल फेसवासहरू पाइन्छ ।

    ० गाउँमा बस्ने महिलाहरूले आफ्नो अनुहारलाई कसरी सुरक्षित राख्न सक्छन् ?
    – गाउँमा बस्ने धेरै महिलाहरूले सनब्लक लोसनहरू लगाउँदैनन् । गाउँमा प्रकृतिले पनि साथ दिएको हुन्छ । शहरमा जस्तो गाउँमा विभिन्न कुरा लगाउनु पर्दैन । कसैकसैले पनि मात्रै सनब्लक र मोस्चुराइजर लगाएको पाइन्छ । गाउँमा शहरमा जस्तो धेरै समस्या हुँदैन ।

    ० आँखामा लगाइने गाजल बगेको हुन्छ । गाजल आँखामा पस्यो भने असर गर्छ कि गर्दैन ?
    – गाजलको प्रोडक्टमा भर पर्ने कुरा हो । कमसल खालको अर्थात गुणस्तरहीन गाजल लगाएको छ भने आँखामा असर पर्न सक्छ । आँखाको हेलचेक्र्याइ गर्नु हुँदैन । राम्रो खालको गुणस्तरीय गाजल लगाउनुभयो भने असर पर्दैन । गाजल बग्न नदिनको लागि पाउडर लगाउनुपर्छ । गाजल लगाउँदा गाजलको वरिपरी पाउडर लगायो भने बग्ने सम्भावना कम हुन्छ ।

    ० टिनेजर युवतीहरूमा अनुहारमा डण्डीफोर आएको हुन्छ । त्यसलाई हटाउन सकिन्छ कि सकिँदैन ?
    – त्यसलाई मजाले हटाउन सकिन्छ । त्यो आउने भनेको हर्मोनको कारणले हो । त्यस्तो डण्डीफोर आएको छ भने दिनमा चार पटकसम्म फेसवासले मुख धुनुपर्छ ।

    ० डण्डिफोर आउँदा कहिले काहिँ कालोदाग बसेको हुन्छ । त्यसलाई हटाउन सकिन्छ कि सकिँदैन ?
    – हटाउन मिल्छ । ओइल कन्ट्रोल रिमुभ क्रिम लगाएपछि त्यस्तो दागहरू हट्छ ।

    ० गर्मीको समयमा लिपिस्टिक लगाउनु राम्रो हो कि होइन ?
    – लिपिस्टिक महिलाको सुन्दरता पनि हो । गर्मी वा जोडो भन्ने हुँदैन । गर्मी भए पनि लिपिस्टिक लगाउनु त पर्छ । अहिले नबग्ने लिपिस्टिक पनि बनेको छ । बजारमा आएको छ । म्याटमा लिपिस्टिक निस्किएको छ । गर्मी महिनामा त्यही म्याटकै लिपिस्टिकहरू लगाउँदा राम्रो हुन्छ । यो लिपिस्टिक बग्नबाट रोकिन्छ ।

    ० कोरोनाको महामारी छ । यस्तो अवस्थामा मास्क लगाउनुपर्ने बाध्यता छ । मास्क लगाउँदा क्रिम पाउडर वा लिपिस्टिक लगाउन हुन्छ कि हुँदैन ?
    – यतिखेर क्रिम, पाउडर वा लिपिस्टिक लगाउँदा सबै मास्कले छेकिदिन्छ । यस्तो अवस्थामा गाजल, आइब्रो, क्रोर्नु, सनब्लकहरू लगाउँदा राम्रो हुन्छ ।

    ० रश्मिलाज् फेसियल हाउस कोरोनाका बेला खुलेको छ कि छैन ?
    – हाम्रो रश्मिलाज् फेसियलाज् फेसियल हाउस खुलै छ । लकडाउन खुलेपछि पसल खोलेका छौं ।

    ० कोरोना महामारीको बेला तपाईले कस्तो सुरक्षाका उपाय अपनाउनु भएको छ ?
    – हाम्रो बिजीमलस्थित पार्लर नेपालको मलहरूमा खोलिएका मध्येकै ठूलो स्पेश भएको पार्लर भएकाले सोसियल डिष्टेन्समा ग्राहकहरूलाई सेवा दिइरहेका छौं । कामदारले पीपीईसेट, फेस सेड, माष्क, पञ्जा, लगाएर कैंची, रुमाल, लगायतका सबै सामग्री निर्मलीकरण गरेर सर्भिस दिइरहेका छौं ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार