Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राष्ट्रिय परीक्षा बोर्डकाे निर्देशन : कक्षा ११ को परीक्षा तत्काल नलिनू

    राष्ट्रिय परीक्षा बोर्डकाे निर्देशन : कक्षा ११ को परीक्षा तत्काल नलिनू

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 5K
    SHARES

    काठमाडाैं । सरकारले कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेसम्म कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको हो ।

    कोरोना भाइरसको संक्रमणका कारण सरकारले गएको चैत ११ गतेदेखि नै सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेकोमा कहिले खोल्ने भनेर निर्णय गरेको छैन । तर केही विद्यालयले परीक्षा सञ्चालनको तयारी गरेपछि विद्यार्थी र अभिभावकमा डर बढेकाले विद्यालय पुनः खोल्ने निर्णय नभएसम्म परीक्षा नलिन सूचनामा भनिएको छ ।



    कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिअनुसार वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था छ । आंशिक तथा ग्रेड वृद्धि गर्नुपर्ने विद्यार्थीले कक्षा १२ को वार्षिक परीक्षा अघि नै परीक्षा दिइसक्नु पर्ने कार्यविधिमा उल्लेख छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार