Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बर्दियामा समुदायमै कोरोना फैलिए पछि आइतबारदेखि कर्फ्यु

    बर्दियामा समुदायमै कोरोना फैलिए पछि आइतबारदेखि कर्फ्यु

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 3.4K
    SHARES

    बर्दिया । बर्दियामा समुदायस्तरमै कोरोना संक्रमण देखिएपछि साउन २५ गते आइतबार देखि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । थप संक्रमण फैलिँन सक्ने खतरा बढेको भन्दै सतर्कता अपनाउँदै नियन्त्रण गर्न आइतबारदेखि ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको हो।

    कोरोना संकट व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले साउन २५ गते आइतबार बिहान ६ बजेदेखि साउन २९ गते बिहीबारसम्म ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।



    जिल्ला समन्वय समिति संयोजक ८ वटै पालिका प्रमुख, स्वास्थ्य प्रमुख, सुरक्षा निकायका प्रमुख सहितको उपस्थितिमा भएको छलफलबाट आइतबारदेखि बर्दियामा ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रजिअ अधिकारीले बताए।



    अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्क अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई उनले आग्रह गरेका छन्। पिसिआर मेसिन तत्काल जडान गरिने यस्तै बर्दियामा ८ वटै पालिकाको सहयोगमार्फत पिसिआर परीक्षण उपकरण जडान गर्ने यसअघिको निर्णयलाई तत्काल कार्यान्वयनमा ल्याउन र छिटोभन्दा छिटो पिसिआर जडान जडान गरि पिसिआरको दायरा बढाउने निर्णय गरिएको प्रजिअ अधिकारीले बताए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार