जनकपुर । प्रदेश नम्बर २ का एक मन्त्री र एक प्रदेशसभा सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश नं। २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले आफूलाई कोरोना पोजेटिभ भएको बताएका छन् । उनले बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको बताए । उनले आफ्नो स्वास्थ्यस्थिति सामान्य रहेको बताउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गराउन सबैसँग अपिल गरेका छन्। उनी अहिले मन्त्रालयको निवासमै क्वारेन्टिनमा बसेका छन् ।
त्यस्तै जसपाका प्रदेश सभाकी एक महिला सदस्यमा पनि बुधवार बेलुका रिपोर्ट आएसँँग कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।
Leave a Reply