Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • आज जोर नम्बरका मात्र सवारी साधन चलाउन पाइने

    आज जोर नम्बरका मात्र सवारी साधन चलाउन पाइने

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 3.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु गरेको छ ।

    सरकारले चैत ११ गतेबाट गरेको लकडाउन साउन ७ गतेबाट हटाएको थियो । यद्यपी त्यसअघि असार महिनामै जोर विजोर प्रणाली अनुसार सवारी साधन चलाउने निर्णय गरेको थियो ।



    लकडाउन खुलेसँगै कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो ।



    गृहमन्त्रालयका अनुसार काठमाडौं उपत्यका र दुई सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा जोर–बिजोर लागु गरिएको छ भने उक्त क्षेत्रमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ ।

    आज साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधनमात्र चल्न पाउने छन् । सवारी साधनको नम्बर प्लेट र गतेको अन्तिमको अंकको आधारमा जोर–बिजोर छुट्याइन्छ ।

    गृह मन्त्रालयले अत्यावश्यक ढुवानीबाहेकका गाडीहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश निषेध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार