पोखरा । गण्डकी प्रदेशमा थप आज ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
आज थपिएकाहरुमा गोरखामा ६, पूर्वी नवलपरासीमा ३ तथा कास्की र पर्वतमा १–१ जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
Leave a Reply