Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • दीपकुमारलाई फेरि कांग्रेस चाहिएपछि

    दीपकुमारलाई फेरि कांग्रेस चाहिएपछि

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसभित्र आ–आफ्नो स्वार्थमा शीर्ष नेताहरू केन्द्रमा झगडा गरिरहेका बेला कपिलवस्तुमा भने दीपकुमार उपाध्यायले काण्ड मच्चाइरहेका छन् ।

    कांग्रेसको साधारण सदस्य समेत नरहेका उपाध्यायले क्रियाशील सदस्यता विरतणमा हँगामा मच्चाइरहेका छन् । तत्कालिन समयमा सुशील कोइराला प्रधानमन्त्री रहेका बेला कांग्रेसको साधारण सदस्यताबाट समेत राजीनामा दिएर भारतका लागि नेपाली राजदूत बनेका उपाध्याय लाज नमानेर प्रतिनिधिसभामा टिकट लिएर कपिलवस्तुबाट उम्मेदवार बने ।



    मन्त्री बनेर अबसर लिएका उपाध्याय कांग्रेस छाडेर राजदूत पद खान गएका थिए । आफ्नो हैसियत भेलर हिँडेका उपाध्यायलाई अहिले फेरि कांग्रेस चाहिएको छ ।
    कांग्रेसको राजनीति गर्ने हो भने उपाध्यायले फेरि साधारण सदस्यताका निवेदन दिनुपर्छ । उनलाई अहिले नै क्रियाशील सदस्यता दिने वा पहिलाको सदस्यता नवीकरण गर्ने भन्ने बारे कांग्रेसले निर्णय लिन सकेको छैन । अबसरवादी चरित्रका उपाध्यायले कांग्रेसमा शून्यबाट काम गर्नुपर्छ । भारतको चाकडी गर्दै आएका उपाध्यायले कांग्रेसको साधारण सदस्य परित्याग गरिसकेका छन् ।



    उपाध्यायले अहिले फेरि कांग्रेसमा आफूलाई स्थापित गर्न खोजिरहेका छन् । महामन्त्री डा.शशांक कोइराला निकट मानिने उपाध्यायले क्रियाशील सदस्यता वितरणमा कपिलवस्तु जिल्लामा लफडा गरिरहेका छन् ।

    तत्कालीन माओवादीका चक्रपाणि खनालसँग नराम्रोसँग पराजित भएका उपाध्यायलाई कपिलवस्तुमा कांग्रेसकै नेता तथा कार्यकर्ताहरूले रुचाउँदैनन् । उनको अवसरवादी स्वभावका कारण नेता तथा कार्यकर्ताहरू चिढिएका हुन् ।

    अबसर पाउनेवित्तिकै अरुलाई ठाउँ नदिएर आफूले नै ओगट्ने उपाध्यायको चरित्रले कपिलवस्तुमा कांग्रेसलाई ठूलो नोक्सानी भएको छ । उपाध्यायले कपिलवस्तुमा कांग्रेसको भलो चाहने हो भने काठमाडौंतिर आएर राजनीति गर्दा उपयुक्त हुने जिल्लाका एक नेताले बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार