Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • विवादास्पद विदेशीसँग मन्त्री गुरुङको हिमचिम

    विवादास्पद विदेशीसँग मन्त्री गुरुङको हिमचिम

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । कारबाही गर्नुपर्ने व्यक्तिसँग सँगै उभिएर महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङ अबैध रुपमा नेपाल बस्दै आएका कतार च्यारिटीका नेपाल प्रमुख अब्दुल अजीज अल–थानीसँग सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । अब्दुल नेपालमा बसेर काम गर्न वर्क परमिट नलिएका व्यक्ति हुन् ।

    उनीहरूविरुद्ध उजुरी परेपछि समाज कल्याण परिषद्ले कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो । अब्दुलसँग परिषद्ले स्पष्टीकरण समेत सोधेको थियो । परिषद्द्वारा कारबाही प्रक्रियामा परेका अब्दुलसँग साउन ११ गते मन्त्री गुरुङ काठमाडौंको बुढानिलकण्ठमा ‘व्यवसायिक तालिम केन्द्र’ भवनको शिलान्यासमा सँगै देखिएका थिए ।



    अब्दुलमाथि कारबाही माग गर्दै अध्यागमन विभागमा समेत उजुरी परेको छ । विभागले पनि अब्दुललाई कारबाही गरेको छैन । अब्दुल विवादास्पद व्यक्ति हुन् ।
    कतार च्यारिटीका नाममा अब्दुलले लाखौँ रुपैयाँ तलव, भत्ता र सुविधाका नाममा नेपालबाट बाहिर लैजाने गरेका छन् । उनले नेपालमा वर्क परमिट नलिएर काम गरेको खुल्न आएको छ । उनीविरुद्ध प्रमाणसहित परिषद्, विभाग, मन्त्रालय आदिमा उजुरी पर्दासमेत कारबाही भएको छैन । अहिले अब्दुलले कागजपत्र मिलाएको चर्चा छ ।



    भिजिट भिषामा कतार च्यारिटीमा आएका अब्दुलले मन्त्री गुरुङलाई समेत गुमराहमा राखेर आफ्नो संस्थाको कार्यक्रममा सहभागी गराएका छन् ।
    वर्कपरमिट नलिएर नेपालमा काम गर्ने व्यक्तिलाई देश निकाला गर्ने कानूनी प्रावधान छ । तर, अब्दुलले नेपालको कानूनलाई बेवास्ता गरेर अटेर गरि काम गरेका छन् । उनले नेपालको कानून उल्लंघन गरेको विषयमा धेरैलाई जानकारी छ ।

    मन्त्रालयका कर्मचारीहरूलाई समेत जानकारी छ । तैपनि कारबाही भएको छैन । स्रोतका अनुसार कतार च्यारिटीका नेपाल प्रमुख अब्दुलले मन्त्रालय र परिषद्का उच्च तहका कर्मचारीहरूलाइृ मोटो रकम बुझाएका छन् ।

    सोही कारण अब्दुललाई कारबाही गरेर देश निकाला गर्नुको साटो अबैधानिक रुपमा नेपाल बसेको व्यक्तिको कार्यक्रममा मन्त्री नै जान थालेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार