Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • गगन थापाले भने -लगानी बोर्डमा ओलीको ‘लाल बिचौलियावाद’ प्रस्ट देखियो

    गगन थापाले भने -लगानी बोर्डमा ओलीको ‘लाल बिचौलियावाद’ प्रस्ट देखियो

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 3.7K
    SHARES

    काठमाडौं। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील भट्टको नियुक्तिको विषयलाई लिएर नेकपाभित्रै रडाको मच्चिएको छ।

    आयोजनाका  बिचौलिया तथा विवादास्पद व्यक्ति भट्टको नियुक्तिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सम्बन्धमा दरार उत्पन्न भएको छ।



    भट्टको नियुक्तिमा  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा पनि मौन बसेका छन्। लगानी बोर्डमा बिचौलियाको नियुक्ति हुँदा कांग्रेस चुप बस्यो भनेर आरोप लागिरहेका बेला कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले भने सामाजिक सन्जालमार्फत बिरोध जनाएका छन् ।



    सांसद थापाले फेसबुकमा लेखेका छन्-‘लगानी बोर्डको CEO नियुक्ति प्रकरण; ‘लाल बिचौलियावाद’को अर्को उदाहरण!
    प्रधानमन्त्रीज्यूलाई न लोकसंग कुनै डर छ न विधिसंग। छ त केवल आफ्नो कुर्ची जोगाउने र आफ्नालाई पोस्ने स्वार्थ।निर्लज्जता!
    प्रधानमन्त्रीले कुनै पनि मुद्दामा जनतासंग डर र लाज मान्न छाड्नु अशुभ संकेत हो।’

    लगानी बोर्डको सीईओमा नियुक्त  सुशील र उनका भाइ दीपक भट्टले विदेशी कम्पनीको एजेन्ट भई राजनीतिक दललाई प्रभावमा पारेर ठूला आयोजना निर्माणको ठेक्का हात पार्न बिचौलियाको काम गर्ने गरेका छन् । भट्ट दाजुभाईले अर्बौका आयोजना डुबाउँदै आएका छन्।

    प्रधानमन्त्री ओलीकै जोडबलमा लगानी बोर्डको प्रमुख बनेका सुशील र उनका भाई दीपकको  सबैजसो राजनीतिक दलका नेतृत्वसँग पहुँच छ । कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि दीपकको उठबस रहंदै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार