Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंमा भोलिदेखि जोरबिजोर प्रणाली, राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

काठमाडौं। गृह मन्त्रालयले भोलिदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोररबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोररबिजोर प्रणाली लागू गरिएको गृहमन्त्रालयले जनाएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्न नदिन गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

त्यस्तै मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्न सबै जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई गृहले निर्देशन दिएको छ।

साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश गर्ने सबै नाकाबाट सवारीसाधनको आवागमन बन्द गर्न यसअघी निर्णय गरेर लागू समेत गरिसकेको छ।

त्यस्तै कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरि  गृह मन्त्रालयले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा यो नियम लागू गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077